काठमाण्डाै – राष्ट्रिय सभाको आजको बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको छ ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ । बैठकमा कांग्रेस सांसदले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रिया अघि बढाउन नसकिएको भन्दै अर्को बैठक पर्सि जेठ ६ गते आइतवार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो ।
सहकारी अपचलनमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवराेध गर्दै आएको छ ।