Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र ओलीले षड्यन्त्र गरे रास्वपा सिकार बन्नसक्छ : गगन थापा


४, जेठ २०८१
  • 177
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र ओलीले षड्यन्त्र गरे रास्वपा सिकार बन्नसक्छ : गगन थापा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा सामेल भएको आरोप लगाउँदै त्यसको मारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्ने बताएको छ ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले षड्यन्त्रमा साथ दिएको भन्दै जानेर नजानेर रास्वपा त्यसको सिकार बन्ने बताए । संसद्को गतिरोध अन्त्यका लागि आफू तयार रहेको बताइरहेका प्रधानमन्त्री प्रचण्डको भूमिकाले नियतमा प्रश्न उठाएको महामन्त्री थापाको भनाइ छ । 

    “संसद्को गतिरोधको जुन अवस्था छ, यो अवस्था रहिरहेको बेलामा विश्वासको मत लिन ७ गतेको मिति तोकियो, यसले प्रधानमन्त्रीको पनि सफा नियत देखिएन,” थापाले भने, “प्रधानमन्त्री इम्प्रेसन दिइरहनुभएको छ । म मिलाउन खोजिरहेको छु, तर अरुले मानिरहेका छैनन् भनेर । त्यसलाई हामीले पत्याइरहेका छौँ, तपाईंहरूले पनि पत्याइरहनुभएको छ । त्यसमा पनि शंका गर्ने ठाउँ रह्यो ।”

    उनले प्रधानमन्त्री प्रचण्डको भनाइमा आफूहरूले विश्वास गरिरहेको र मिडियासहितले पनि विश्वास गरिरहेकोमा गतिविधिले उल्टो परिणाम देखाएको बताए । उनले विश्वासको मत लिन पनि कांग्रेसले रोक्यो भन्ने भाष्य निर्माण गर्न खोजेको भए आफूहरूलाई कुनै फरक नपर्ने बताए । 

    “जे कुरामा हाम्रो आलोचना हुने हो भइरहेको छ । हामीले जे कुरामा अडिरहेका छौँ, अडिइ नै रहनेछौँ । फलानोलाई बोल्न नदिने भनेर आलोचना भइरहेको बेला विश्वासको मत लिन दिएन भनेर हुने आलोचनासँग हामी डराउने कुरा छैन,” थापाले भने, “यो अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने, अध्यादेशबाट खेलेर दलहरू फुटाउने र संवैधाानिक व्यवस्थालाई नै खल्बल्याउने कुरामा नेकपा एमालेका अध्यक्ष उद्दत हुनुहुन्छ भन्ने प्रशस्त आशंका थिए, छन् । तर, प्रधानमन्त्री पनि यसमा मजाले सामेल हुनुभएको देखियो ।” उनले संसद्‌मा विचाराधिन राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिनु शंका गर्ने आधार भएको बताए । 

    “संसद्‌मा विचाराधिन राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएर अध्यादेश ल्याउने वातावरण निर्माण गरिँदै छ । राजनीतिक षड्यन्त्र हुन्छ नि, मुखमा एउटा कुरा मनमा अर्कै कुरा गर्न चाहिराख्नुभएको छ कि भन्ने शंका यसले बढायो,” थापाले भने, “हामी प्रधानमन्त्री अभिभावकीय रोलमा हुनुहुन्छ भनि ठान्याैँ, ओली बिगार्न लाग्नुभयो भन्यौँ । तर, घटनाक्रमहरूले त प्रधानमन्त्रीको रोल त्यस्तो देखिएन । आज रोकेको संसद् हिजो रोकेको भए के हुन्थ्यो ?” 

    महामन्त्री थापाले त्यसरी रोकेका भए सौहार्द्रपूर्ण छलफल हुने र बिहीबारको परिस्थिति पनि नआउने बताए । उनले प्रधानमन्त्रीले बोलेको कुरा र तथ्यहरू फरक–फरक देखिएको पनि बताए । 

    “अब अहिले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने निवेदन आएको छ । ७ गते विश्वासको मत लिने कुरा आएको छ । यो सबै प्रधानमन्त्रीले नचाहेर भएको छ र ?,” थापाले भने, “यो त अस्ति महान्यायाधीशवक्ताले प्रधानमन्त्रीले थाहा नपाइ पत्र दियो भनेजस्तो भयो नि ।” उनले कांग्रेसले प्रधानमन्त्रीलाई शंकाको सुविधा दिँदै अलि बढी दिएको हो कि भन्ने लाग्न थालेको बताए । उनले सरकार संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशको शासनमा जाने संकेत देखिएको आरोप लगाए । 

    “संसद् चलिरहेको र संसद्‌भित्र समस्या पनि आइरहेको छ । सरकारले सोच्नुपर्ने त के हो भने एक दुई दिनभित्रै अवरोध खोलेर बजेट ल्याउँछु भन्नुुपर्ने हो,” थापाले भने, “तर, सत्तापक्षको त के देखियो भने हामी खोल्दैनाैँ, अध्यादेश ल्याउँछौँ भनेर विपक्षीलाई उल्टो दबाबमा पार्न खोजे जस्तो देखियो ।” 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend