Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)


४, जेठ २०८१
  • 154
    SHARES
  • मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

    काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

    मन्त्री शर्माले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

    त्यस्तै, बैठकले स्टाण्डर्ड नाप र तौल (छैटौं संशोधन) नियमहरु, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

    मन्त्री शर्माले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लोकनाथ पौड्याललाई बढुवा गरी मधेश प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

    यसैगरी, नेपाल कृषि वन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीो रिक्त पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (पशुपन्छी विकास) मा पदस्थापन गर्ने ।

    साथै, सचिव डा. दीपककुमार खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव (कृषि विकास)मा सरुवा गर्ने निर्णय बैकठले गरेको छ ।

    त्यस्तै, बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको रिक्त कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend