Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस संसदलाई मुठभेडतर्फ लैजान चाहन्छ : एमाले


५, जेठ २०८१
  • 137
    SHARES
  • कांग्रेस संसदलाई मुठभेडतर्फ लैजान चाहन्छ : एमाले

    काठमाडौँ - सत्तारुढ प्रमुख घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसमाथि संसदलाई मुठभेडतर्फ लैजान खोजेको आरोप लगाएका छन्।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप‍ लगाए। उनले कांग्रेसले संसदमा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान खोजेको आरोपसमेत लगाएका हुन्।

    ‘हाम्रा श्रद्धेय अध्यक्षमाथि नेपाली कांग्रेसका एक जना नेता, जसलाई स्वर्गमा पुगेका पितृहरुले पनि निर्वाचनको वेलामा प्रकट भएर भोट दिएर पठाएर निर्वाचित गरेर पठाए, ती त्यस्ता व्यक्तिले संसदबाट, संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे‚’ उनले भने‚ ‘यसले के देखाउँछ भने राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय मूल्य, मान्यताको जगबाट संसद चलाउने होइन। भिडभाड, दादागिरी र उद्दण्डताका साथ मुठभेडमा लैजान नेपाली कांग्रेस चाहन्छ भन्ने अस्तिको घटनाबाट देखिन्छ।’

    शनिवार काठमाडौँमा आयोजित युवा विषयक विचार गोष्ठीमा प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसदमा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको आरोपसमेत लगाए। 

    उनले संसदमा कांग्रेसले सत्तापक्षको आसनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि थोरै नै हुने बताए।

    ‘नेपाली कांग्रेसले संसदमा गरिरहेको हर्कत हेर्नुहोस्। संसदमा सत्ता पक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने आसन निर्धारण गरिएको हुन्छ‚’ प्रमुख सचेतक बर्तौलाले भने, ‘तर प्रमुख प्रतिपक्षका साथीहरुले बेल घेराउ गर्न जानुभएको, नारा लगाउनुभएकोमा हामीलाई आपत्ति छैन।

    तर सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उद्दण्ड प्रस्तुतिहरु उहाँहरुबाट भईरहेको छ। यसले संसदीय राजनीतिको इतिहासमा, संसदीय परम्परामा यो एउटा कालो दिनको रुपमा अस्तिको घटना रह्यो।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend