ओखलढुङ्गा । नेपाली कांंग्रेस केन्द्रीय सदस्य डा.डिला सग्रौलाले कांंग्रेस समुन्नत नेपाल र सम्मानित नेपाली भन्ने अभियानसहित अगाडि बढेको बताईन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले आयोजना गरेको स्वागत तथा विचार आदानप्रदान कार्यक्रममा बोल्दै डा.संग्रौलाले कांंग्रेसले क्रान्ति र समाजवादको बाटोबाट जनतालाई अगाडि बढाउने लक्ष्य राखेर अगाडि बढिरहेको बताईन ।
नीति तथा कार्यक्रममा आम्दानीका दायरा विस्तार गर्न सकेको छैन । राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न नसक्ने नेता संग्रौलाले ठोकुवा गरिन ।
वर्तमान सरकारले नेपाली जनताका मौलिक हकहरुको सुनिश्चित गर्दैँ जनताका जनसवाल र जनजिविकालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको नेता संग्रौलाले उल्लेख गरिन ।
त्यस्तै आगलागी, डढेलो जस्ता विपदबाट प्रभावित भएका पिडितहरुको सुरक्षा तथा राहत वितरणमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिईन । साथै हिमाली तथा पहाडी क्षेत्रहरुलाई पर्यटन तथा रोजगारीसँग जोडेर अगाडि बढनुपर्ने अहिलेको आवश्यकता रहेको बताईन ।
पुर्व सासंद समेत रहेकी सग्रौलाले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी इस्टेटको जग्गाका सट्टापट्टा गर्न मिल्ने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेकाले अनियमिततामाथि छानबिन गर्न माग गरिन ।
देशभर अनियमितता र व्यथिति मौलाएको छ । सहकारीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । गृहमन्त्री आफैं सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका छन् ।
तर सरकार भने ढाकछोपमा लागिपरेको छ । हजारौँ जनता सहकारीबाट पिडित भएकाले कांंग्रेसले बारम्बार संसद अवरोध गर्दैँ छानबिन समिति बनाउनुपर्ने माग गर्दैँ आएको छ ।,’डा.संग्रौलाले भनिन् ।
नेपाली जनशक्तिलाई सिप, कृषि, रोजगार तथा उद्यमशिलतासँग जोडनुपर्ने, कृषि आधुनिकिकरण, सिचाइ सुविधा, बजारको सहि मुल्य निर्धारण जस्ता कुराहरुमा वर्तमान सरकारले ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको डा.संग्रौलाले बताईन ।