Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले दाङको अध्यक्षमा आचार्य सर्वसम्मत


८, जेठ २०८१
  • 235
    SHARES
  • एमाले दाङको अध्यक्षमा आचार्य सर्वसम्मत

    घोराही । नेकपा (एमाले) दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दाङको घोराहीमा जेठ ६ र ७ गते दुई दिनसम्म चलेको १४ औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

    एमालेका पुराना नेताका रुपमा परिचित आचार्य लुम्बिनी प्रदेश कमिटी सदस्य जिम्मेवारीमा रहनुभएको थियो । दंगाली कम्युनिष्ट आन्दोलनमा लामो समय भुमिगत जीवन बिताउनुभएका आचार्यको ठुलो योगदान रहेको छ । 

    त्यसैगरी उपाध्यक्षमा मनोहर बुढाथोकी चयन हुनुभएको छ । अघिल्लो कार्यकालमा पार्टीको सचिवको भूमिकामा रहनुभएका बुढाथोकी अहिले अध्यक्षको आकांक्षी भए पनि सर्वसहमतिमै नेतृत्व चयन भएपछि उपाध्यक्षमा बस्नुभएको हो ।

    जिल्ला सचिवमा श्याम डाँगी, उपसचिवमा भवनेश्वर पौडेल र सीता चौधरी सर्वसम्मत चयन हुनुभएको अध्यक्ष मण्डलका संयोजक तथा एमाले पोलिटव्युरो सदस्य नरुलाल चौधरीले जानकारी दिनुभयो ।  

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend