Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्रीको सम्पत्ति : भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति


८, जेठ २०८१
  • 166
    SHARES
  • गृहमन्त्रीको सम्पत्ति : भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति

    काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्लेख गरेका छन् ।

    लामिछानेका नाममा उक्त जग्गासँगै २ वटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको देखाएका छन् । तर लामिछानेले भक्तपुरमा रहेको उक्त जग्गाको मूल्य भने खुलाएका छैनन् ।

    लामिछानेले आफ्नो नाममा दुई वटा बैंक खाता रहेको खुलाएका छन् । उनले आफ्नो नाममा ग्लोबल आईएमई बैंकको पानीपोखरी शाखामा पारिश्रमिकबाट प्राप्त ५ हजार रुपैयाँ बचत रहेको खुलाएका छन् । त्यस्तै नेपाल बैंक लिमिटेड, नयाँबजार शाखामा १ लाख ५ हजार तलबबाट आएको बाँकी बचत रहेको पनि जनाएका छन्।

    अरु सबै निकिताको नाममा

    लामिछानेले यीबाहेक अरु सबै चलअचल सम्पत्ति श्रीमती निकिताको नाममा रहेको जनाएका छन् । उनले श्रीमतीलाई व्यवसायीका रुपमा देखाएका छन् । साथै श्रीमती निकिताले आफूसँग बिहे गर्दा ससुरालीबाटै पैत्रिक सम्पत्ति ल्याएको पनि उनले उल्लेख गरेका छन् ।

    लामिछानेका अनुसार श्रीमती निकिता पौडेलको नाममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ५ आना क्षेत्रफलमा ३ करोड ७५ लाखको घर रहेको छ ।

    जुन घरको अझै १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता हुन बाँकी रहेको लामिछानेले जनाएका छन् । त्यो घर प्राप्तिको श्रोतका रुपमा ससुरीखलकले चलाएको गोपीकृष्ण इन्टरनेशनललाई देखाइएको छ । त्यसैगरि भाडा, नारी टीभी र ब्रान्ड इन्डोर्समेन्टबाट प्राप्त तलब र लाभांश रकमबाट उक्त घर निकिताले किनेको जिकिर लामिछानेको छ ।

    लामिछानेका अनुसार गोपीकृष्ण प्रालिको सेयर पनि श्रीमती निकिता पौडेलको नाममा रहेको जनाएका छन् । निकिताको माइतीतर्फ सगोलमा काठमाडौं महानगरपालिका-७ स्थित १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर पनि रहेको उनले जनाएका छन् ।

    उक्त जग्गा पौडेल परिवारले पैतृक व्यापार व्यावसाय (गोपीकृष्ण मुभिज) को आम्दानीबाट कमाएको पनि लामिछानेले उल्लेख गरेका छन् ।

    निकिताको चल सम्पत्ति

    लामिछानेले निकिताले जोडेको नेक्लेस, सिक्री, लकेट, टप, ब्रासलेट, औंठी र बाला लगायत करिब ८० तोला सुन रहेको पनि उल्लेख गरेका छन् । निकिताले आफूसँग बिहे नगरेकै बेला केही सुन ५/७ वर्षअघि र अरु १०/१२ वर्षअघि जोडेको रविले उल्लेख गरेका छन् ।

    त्यस्तै रविले आफ्नो सम्पत्तिका रुपमा चाँदीका भाँडाकुँडा १५ देखि २० केजी रहेको जनाएका छन् । त्यो पनि केही निकिताका आमाबुवाले दिएको र केही किनेको निकिताले किनेको सम्पत्ति भनिएको छ ।

    बैंक खाता

    निकिता पौडेलको नाममा सिद्धार्थ बैंक चाबहिलको खातामा नारी टीभीबाट प्राप्त पारिश्रमिक बचत ५ हजार बचत ।

    निकिता पौडेलको नाममा नेपाल बैंक लिमिटेड चाबहिल शाखाको खातामा नारी टीभी र गोपीकृष्ण इन्टरटेन्मेन्टको ५ लाख बचत ।

    निकिता पौडेलको नामामा सनराइज बैंकमा इभेन्ट म्यानेजमेन्टको १५ हजार बचत ।

    निकिता पौडेलको नाममा एनआईएमबी बैंकमा २८ हजार नारी टीभी र इभेन्ट म्यानेजमेन्टको बचत ।

    निकिता पौडेलकै नाममा प्रभु बैंकमा १० हजार ५११ युट्युबको आम्दानी बचत ।

    सेयर बजार

    निकिता पौडेलको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको पनि लामिछानेले उल्लेख गरेका छन् ।

    उक्त कम्पनीको ८ लाख ७५हजार कित्ता सेयरको मूल्य अहिले ८ करोड ७५ लाख रुपैयाँ बराबर हुने जनाइएको छ । त्यो सेयर पनि निकिताका माइतीतपर्फका पारिवारिक सगोलमा रहेको उल्लेख गरिएको छ ।

    ऋण

    लामिछानेले श्रीमती निकिता पौडेलको नाममा ४ वर्षपहिले घर कर्जास्वरुप लिएको १ करोड ५० लाख रुपैयाँ अझै तिर्न बाँकी रहेको जनाएका छन् ।

    गाडी

    लामिछानेले आफ्नो नाममा गाडी नरहेको जनाएका छन्। तर श्रीमती निकिता पौडेलको नाममा टाटा नेक्स ईभी कार रहेको उनले खुलाएका छन् । उक्त कार २०७९ मा ४२ लाख रुपैयाँमा किनेको जनाइएको छ । जससको श्रोत श्रीमती निकिताकै निजी आय र बचत भनिएको छ ।

    अरु सम्पत्ति

    रविले गोपीकृष्ण इन्टरनेशनल नारी टीभी प्रालि (हाल नारी टेलिभिजन) श्रीमती निकिता पौडेलको नाममा रहेको जनाएका छन् । जसको अहिलेको मूल्य करिब ३ करोड रुपैयाँ भनिएको छ ।

    उता गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी चाबहिललाई पनि सम्पत्तिका रुपमा देखाइएको छ । ६ वर्षअघि खुलेको उक्त कम्पनीको हालको मूल्य १ करोड रुपैयाँ भनिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend