Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय


१०, जेठ २०८१
  • 220
    SHARES
  • संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने लगायतसँग छलफल गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । कांग्रेसको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्दै आएका छन् ।

    एकीकृत समाजवादीले १० औं महाधिवेशनका लागि तयार गरिएको पार्टीको दस्तावेज जिल्लास्तरमा पठाउने निर्णय पनि गरेको छ । अर्को सचिवालय बैठक अब १४ जेठमा बस्नेछ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend