Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ


११, जेठ २०८१
  • 199
    SHARES
  • गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

    काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा लगाएको आरोपबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका नेता तथा सांसदहरुमाथि लगाएको आरोपबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

    ‘केही दिनपहिले सरकारका माननीय उपप्रधान तथा गृहमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर जुन ढंगले विषय वस्तु प्रस्तुत गर्नुभएको छ, जसरी सदनभित्र रहेका माननीयजीहरूलाई, खासगरी नेकालाई लान्छित गरेर उहाँले जुन प्रश्न उठाउनु भएको छ, यसमा हामीले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छौँ भनेका छौँ,’ बैठकमा सहभागी प्रमुख सचेतक रमेश लेखकले भने, ‘यसबारे हामी जवाफ पनि चाहौँला । अब त्यो जवाफ कसले दिने हो हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।’

    उनले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भएको धरपकडबारे पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको पनि बताए ।

    ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठायौँ,’ प्रमुख सचेतक लेखकले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend