Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदीय समितिको कार्यादेश टुंग्याउन आज शीर्ष नेताको बैठक


१३, जेठ २०८१
  • 192
    SHARES
  • संसदीय समितिको कार्यादेश टुंग्याउन आज शीर्ष नेताको बैठक

    काठमाडौं - सहकारीको बचत अपचलन प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने तय भएको छ।

    शनिबार टुंगोमा नपुगेकाले बैठक आइतबार बिहान ९ बजेका लागि तय गरिएको हो। कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्न लागेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

    शनिबार साँझ कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।

    सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुंगोमा पुर्‍याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताए। 

    शीर्ष नेताबीच सहमति हुन नसके आइतबारको संसद् बैठक पनि कांग्रेसको अवरोधले प्रभावित हुने देखिएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ।

    प्रतिनिधिसभाको बैठक बिहान ११ बजे  र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend