Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बजेटबाट उत्साहित हुने अवस्था छैन : नेता सग्रौंला


१६, जेठ २०८१
  • 305
    SHARES
  • बजेटबाट उत्साहित हुने अवस्था छैन : नेता सग्रौंला

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    नेपाली कांग्रेस केन्द्रिय सदस्य डा.डिला सग्रौंलाले भन्छिन, बजेट भाषणमा उल्लेख भएका कार्यक्रम झट्ट हेर्दा र सुन्दा लोकप्रिय छन् । तर पुराना आयोजनालाई अलपत्र पार्ने र जनताका उद्देश्य पुरा नहुने किसिमका कार्यक्रमहरु आएका छन् ।

    वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएको छ आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रा स्फीति ५.५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ ।

    डा.सग्रौंलाले अहिलेको बजेट अनुसार लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताएकी छन । ६ प्रतिशतको आर्थिक वृद्धिदरमा पुग्न सकिने अवस्था देखिदैन भने बजेटरी सुधार केही छैन । कृषि उत्पादनमा आधारित अनुदान दिने व्यवस्था कटौती गर्नु दुर्भाग्यपूर्ण छ । बजेटलाई कनिका जसरी छर्ने प्रबृत्तिले विकासमा सोचे अनुसारको परिणाम नदिने उनको भनाई छ ।

    पुर्वसासंद समेत रहेकी डा.सग्रौंलाले अहिलेको बजेटमा आफ्ना कार्यकर्ता र समर्थकबाट आएका योजना प्राथमिकतामा राखिएको जिकिर गरिन । ठूला आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको छैन । सरकारले सबै क्षेत्रलाई छुने गरी बजेट ल्याएको तर लक्ष्यमा पुग्ने गरी नल्याएको भन्दै बजेटबाट उत्साहित हुने अवस्था नरहेको बताईन।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend