Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्दीपले भिसा नपाउनु सिङ्गो देशमाथि गरिएको अपमान हो : ज्ञानेन्द्र शाही


२०, जेठ २०८१
  • 153
    SHARES
  • सन्दीपले भिसा नपाउनु सिङ्गो देशमाथि गरिएको अपमान हो : ज्ञानेन्द्र शाही

    काठमाडौँ । सांसद ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाले भिसा नदिएकोमा संसद् मौन देखिएको भन्दै आपत्ति जनाएका छन्।

    उनले अमेरिकाले सन्दीप र नेपालीको मात्र नभएर सिङ्गो देशको अपमान गरेको उल्लेख गरेका छन्।

    ‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन । यसबारे सम्पूर्ण संसद् मौन देख्छु । संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन । सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो’, शून्य समयमा बोल्दै उनले भने ।

    उनले पञ्चशीलको सिद्धान्त विपरीत अमेरिकाले आन्तरिक मामलामा चासो दिएको पनि उल्लेख गरे। उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेको अवस्थामा अमेरिकाले सन्दीपलाई भिसा अस्वीकृत गर्नु पञ्चशीलको सिद्धान्त विपरीत हुने बताए।

    ‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन । आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ । परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend