Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रदेश सरकारको महत्त्व र आवश्यकता बढाउने कार्यक्रम आउनुपर्छ : पुर्व सांसद निर्मला क्षेत्री


२०, जेठ २०८१
  • 502
    SHARES
  • प्रदेश सरकारको महत्त्व र आवश्यकता बढाउने कार्यक्रम आउनुपर्छ : पुर्व सांसद निर्मला क्षेत्री

    बुटवल । लुम्बिनी प्रदेश सभा पूर्व सदस्य निर्मला क्षेत्रीले लुम्बिनी प्रदेश सरकारले बजेट तथा योजना तर्जुमाका लागि सबै क्षेत्रहरूलाई सहभागिता गराइ बृहत रुपमा छलफल तथा अन्तक्र्रिया गरेर जानुपर्ने सुझाव दिनुभएको छ । 

    बजेटको विषयमा गरिएको कुराकानीमा पुर्व सांसद क्षेत्रीले लुम्बिनीमा आन्तरिक स्रोत कम भएको र संघबाट आउने अनुदान समेत घटेर आउने संकेत देखिएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याउन लागेको देखिन्छ ।

    नेपाली काङ्ग्रेस संसदीय दलको पुर्ब सचेतक समेत रहेकी उहाँले संघीयताको मर्म अनुसार प्रदेशको औचित्य र आवश्यकतालाई बलियो बनाउने गरि बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

    महासमिति सदस्य समेत रहेकी उहाँले भन्नुभयो, प्रदेशलाई समृद्ध प्रदेश आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य बमोजिम पूर्वाधार भन्दा उत्पादनमुखी केन्द्रित बजेट भएमात्र युवायुबती पलायन हुनबाट रोक्न सकिन्छ । यसप्रति सरकारको ध्यान जान जरुरी छ ।

    उहाँले प्रदेश सरकारले योजना छनोट गर्दा बिगतका बर्षहरूमा जस्तै मुख्यमन्त्री र मन्त्रीहरूले सत्तालाई दुरूपयोग गरि आफ्नो निर्वाचन क्षेत्रमा बजेट फिजाउने अन्य सभासदहरू र जिल्लालाई निरासा बन्ने परम्परा निरुत्साहित गरी जिल्लाहरुको आबश्यकताका आधारमा बजेट बिनियोजित गर्नुपर्ने बताउनुभयाे ।

    उहाँले भन्नुभयो, अनुमानित राजस्व अपेक्षा गरेर हचुवाकै भरमा बजेट नल्याइ खर्च हुने गरि बजेट ल्याउदा उचित हुनेछ । लुम्बिनी प्रदेश सरकार यतिबेला बजेट तथा नीति कार्यक्रमको तयारीमा छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend