Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मधेस सरकारबारे भोलि निर्णय गर्ने एकीकृत समाजवादीको तयारी


२१, जेठ २०८१
  • 235
    SHARES
  • मधेस सरकारबारे भोलि निर्णय गर्ने एकीकृत समाजवादीको तयारी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मधेस सरकार गठनका विषयमा छलफल गरेको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा मधेस सरकारलगायतका विषयमा सचिवालयका सदस्यहरूले छलफल गरेका हुन् ।

    बैठकबाट निर्णय भने नगरिएको उपाध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । “आज समसामयिक राजनीतिक विषयमा छलफल गर्‍यौँ । मधेस सरकारबारे छलफल भए पनि आज निर्णय भएन । भोलिको बैठकबाट निर्णय गर्छौं,” उनले भने ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालले नेतृत्व गरिरहेको मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री छन् ।

    सत्तासाझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कुरामा समर्थन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा छलफल गरेर निर्णय दिने आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि जानकारी दिएका थिए ।

    आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेट र दिउँसो सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि नेपालले सोही जवाफ दिएका थिए ।

    केही दिन अगाडि मधेस सरकारबारे नै विपक्षी दलको बैठकमा अध्यक्ष नेपाल पुगेपछि विभिन्न टीकाटिप्पणी भएको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend