Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न सिडिओहरूलाई गृहको निर्देशन


२२, जेठ २०८१
  • 123
    SHARES
  • जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न सिडिओहरूलाई गृहको निर्देशन

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरू कमजोर भएको आफूले देख्न नचाहेको भन्दै गलत मान्छेसँग सौदावाजी नगर्न निर्देशन दिएका छन् ।

    प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन तथा सरुवा भई जान लागेका कर्मचारीहरूलाई गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले १५ दिनको कामको प्राथमिकता निर्धारण गरी आफूलाई जानकारी गराउन निर्देशन दिए ।

    ‘फरक रिजल्ट दिने गरी १५ दिनभित्र प्राथमिकता निर्धारण गरी मलाई पठाउनु होला,’ उनले भने, ‘कार्यकाल र उपस्थिति पहिलो एक हप्ताले देखाउँछ ।’

    उनले जिल्लामा गैर कानुनी कामले निरन्तरता पाए फिर्ता गर्ने चेतावनी दिए । ‘मूल्याङ्कन मैले गर्ने हो’ उनले भने, ‘ल एण्ड अर्डर कायम गर्न नहिचकिचाउनुस्, कानुनी उपचारमा जानुस्’ फरक काम गर्न समाज बुझ्नुपर्छ भन्दै आवश्यकता पहिचान गरेर अघि बढ्न गृहमन्त्री लामिछानेको निर्देशन थियो ।

    कार्यक्रममा गृह सचिव एकनारायण अर्यालले व्यवस्थित र जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न उनको निर्देशन थियो ।

    ‘सयौँ अधिकार प्रयोग गर्ने जिम्मेवारी तपाईँहरूको काँधमा छ,’ गृह सचिव अर्यालले भने, ‘तपाईँहरू जिल्लामा हेडको रूपमा काम गर्ने प्रशासक पनि हो ।’ कार्यालयको काम सँगसँगै जिल्लामा हुने महत्त्वपूर्ण तथा अवाञ्छित गतिविधिहरूमा पनि उत्तिकै सजग रही निगरानी राख्न गृह सचिव अर्यालले निर्देशन दिए ।

    ६८ बुँदे निर्देशन अनुसार काम गर्न सुझाउँदै उनले प्रशासन कार्यालयलाई हर हिसाबले चुस्त दुरुस्त राख्दै जिल्लामा नमुना कार्यालयको रूपमा काम गर्न भने ।

    लागू औषध नियन्त्रण, विपद्जन्य क्षेत्रको भ्रमण, सुरक्षालगायतका विषयमा समेत समन्वय गरेर काम गर्न निर्देशन दिएका गृह सचिव अर्यालले सार्वजनिक सम्पत्ति र प्राकृतिक स्रोत साधनको संरक्षणलाई विशेष प्राथमिकता दिन भने ।

    कर्मचारीको कार्यसम्पादनको रिपोर्ट नियमित गर्नसमेत गृह सचिवले निर्देशन दिएका छन् । साथै राजस्व चुहावट नियन्त्रणमा जोड दिन पनि गृह सचिव अर्यालले भनेका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend