Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभामा सांसद सुहाङको पहिलो सम्बोधन


२२, जेठ २०८१
  • 153
    SHARES
  • प्रतिनिधि सभामा सांसद सुहाङको पहिलो सम्बोधन

    काठमाडौँ । प्रतिनिधि सभामा भर्खरै इन्ट्री मारेका इलाम-२ का सांसद सुहाङ नेम्वाङले आज सदनमा पहिलो सम्बोधन गरेका छन् ।

    बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा उभिएका एमाले सांसद सुहाङले आफू पहिलो पटक बोल्न लागेकाले बजेट बाहेकका विषयमा पनि बोल्ने सुविधा छ भन्दै छोटो र स्पष्ट कुरा राखे । उनले आफू नयाँ सांसद र युवा पनि भएकाले जनताहरूको आशा र अपेक्षा अझ बढी प्रकट भएको बताए ।

    ‘जनताहरूको हामीप्रतिको आशा, भरोसा र विश्वास मसँग आलो छ । जनताहरूको आशा, अपेक्षा, माग र आक्रोश भर्खरै सुनेर आएको छु । म अलि युवा पनि छु । युवाहरूको परिवर्तनको हुटहुटी, चाहना र समस्याहरूलाई नजिकबाट छामेको छु । जनताहरूको ती आशा, माग र समस्या सम्बोधनका लागि यो बजेट पर्याप्त छ वा छैन ? हाम्रो सामु धेरै प्रश्नहरू छन् ।’

    बजेट सुन्दा ‘अब देश बन्छ’ भन्ने लाग्ने तर फेरि एक वर्षपछि परिणाम हेर्दै गर्दा ‘घुमी फिरी रुम्जाटार’ जस्तो देखिने भन्दै सुहाङले कार्यान्वयनको समस्या केलाउन आग्रह गरे ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend