Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विपदबाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी


२३, जेठ २०८१
  • 243
    SHARES
  • विपदबाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी

    काठमाडौँ । सरकारले मनसुन तथा विपदजन्य जोखिमका बारेमा जानकारी दिनका लागि पैसा नलाग्ने टेलिफोन सञ्चालनमा ल्याएको छ ।

    ११४९ नम्बरमा आम नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदका बारेमा जानकारी लिन सक्ने बन्दोबस्ती गरिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

    सङ्घीय संसद्मा विपद् तथा मनसुनजन्य अवस्थाबाट सिर्जना हुने जोखिम न्यूनीकरणको तयारी एवम् प्रतिकार्यका बारेमा जानकारी दिँदै उनले जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेकाले पूर्व तयारीलाई विशेष ध्यान दिइएको बताए ।

    उनले मनसुनजन्य विपद्बाट जोगिनका लागि सरकारले विशेष ध्यान दिएको, नीतिगत एवम् कानुनी सुधार गर्नुपर्ने पाटा र पक्षको पहिचान गरिएको, सरकारी एवम् गैरसरकारी संस्थाको परिचालनलाई पनि उत्तिकै महत्वका साथ ध्यान दिएको उल्लेख गरे ।

    यही जेठ १९ देखि आगामी असोज १९ सम्मको अवधिलाई मनसुनजन्य जोखिम हुने समय तय गरी गृह मन्त्रालयले उद्धार, खोज तथा राहतको कामलाई प्रभावकारी बनाउनका लागि विपद् तथा द्धन्द्ध व्यवस्थापन महाखाशाका सहसचिवको संयोजकत्वमा कमाण्ड पोष्ट स्थापना गरिएको उनले जानकारी दिए ।

    मनसुनबाट १८ लाख नागरिक र ८३ हजार घर प्रत्यक्ष प्रभावित हुने तथ्याङ्क प्रक्षेपण गर्दै गृहमन्त्रीले उक्त कमाण्ड पोष्टले एकल बिन्दु सेवा केन्द्रका रुपमा काम गर्ने बताए ।

    गृहमन्त्रीले मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार, पुनः स्थापना तथा राहतका लागि नेपाली सेनाका १० हजार आठ सय ४७, सशस्त्र प्रहरी बल नेपालका नौ हजार नौ सय २४, नेपाल प्रहरीका १० हजार पाँच सय ८५ दक्षजनशक्ति तयारी अवस्थामा राखिएको बताए ।

    यसैगरी सुरक्षा निकायका थप जनशक्ति परिचालन गर्न सकिने गरी आवश्यक प्रबन्ध गरिएको उनको भनाइ छ । यस्तै स्वयम् सेवा परिचालनका लागि पनि मन्त्रालयले विशेष व्यवस्था गरिएको छ । त्यसका लागि एक लाख बढी स्वयमसेवक परिचालनका लागि दर्ता भइसकेको उनले जानकारी दिए ।

    यस्तै, प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्तालाई समेत विपदजन्य जोखिम न्यूनीकरण, उद्धार र राहतमा परिचालन हुने गरी आवश्यक व्यवस्था गरिदिन गृहमन्त्रीले आग्रह गरे ।

    जोखिमयुक्त क्षेत्रमा जनचेतना जगाउनका लागि विभिन्न १० जिल्लामा पाँच पाँच जनाको टोली परिचालन भइसकेका उल्लेख गरे । सो टोलीले बाढी पहिरोबाट जोगिन के कस्तो उपाय अवलम्बन गर्ने, रहात तथा पुनः स्थापनाका लागि के कसरी राज्यका निकायलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी गराउनेछ ।

    विगत एक महिनादेखि गृह मन्त्रालयका विभिन्न निकाय विपद्बाट कसरी जोगाउन सकिन्छ, त्यसका लागि सरकारी एवम् गैरसरकारी संयन्त्रको परिचालन एवम् व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा लगातार छलफल गरिएको र आवश्यक तयारी गरिएको उनको भनाइ छ ।

    काठमाडौँ र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको, निजी क्षेत्रका हेलिकोप्टर कम्पनीलाई पनि आग्रह गरिएको गृहमन्त्रीले सदनलाई जानकारी दिए । प्रधानमन्त्री दैवी सहायता कोष, प्रदेश र स्थानीय निकायसँग गरी रु छ अर्ब ७८ करोड ३६ लाख बराबरको मौज्दात रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री लामिछानेले त्यसको सही परिचालन गर्न सकियो भने राहत तथा उद्धारको काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

    यस्तै, विभिन्न १२ वटा बेलिब्रिज तयारी अवस्थामा रहेको, सडक अवरोध खुलाउनका लागि अत्याधुनिक उपकरणसहित जनशक्ति जुनसुकै समयमा परिचालन हुने गरी प्रबन्ध गरिएको उनले बताए । विपदमा नागरिकको जीवन बचाउने कुरा नै सबैभन्दा बढी महत्वपूर्ण, आवश्यक कार्यविधि, नीति नियममा गर्नुपर्ने परिवर्तनका बारेमा पनि तयारी गरिएको र विपदमा सबैभन्दा पहिले राज्यका निकाय पुगोस् भनेर प्रबन्ध गरिएको उनको भनाइ छ ।

    गृह मन्त्रालयले विभिन्न ११ मन्त्रालय, सात वटा ७७ र ७५३ समन्वय गरेर दुःख पर्दा सरकार छ राज्य छ, महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको उनले जानकारी दिए । फरक एक प्रसगमा गृहमन्त्री लामिछानेले राजनीतिक दबाबका कारण कुनै पनि अपराधका घटनालाई सरकारले छुट नदिने प्रतिबद्धता जनाए । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend