Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री लामिछाने


२३, जेठ २०८१
  • 183
    SHARES
  • सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका छन्।

    बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कैयौँपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गरेका हुन्।

    उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुखेसो पोखे। उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने दृढता व्यक्त गरे।

    गृहमन्त्री रवि लामिछानेले भने, ‘मेरो त भाग्य यस्तै छ। जुन विषयका लागि आफू लडेको हुन्छु, त्यसैको आरोप खेप्नुपर्छ। नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो। जब कि जीवनभर त्यसैको पक्षमा लडिरहेँ। सहकारी पीडितहरूका लागि कैयौं रिपोर्ट बनाइयो, कतिका लागि लडियो। कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो। अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ। ठिकै छ मेरो भाग्यसँग लड्दै गरौंला तर त्योभन्दा ठूलो त तपाईंको अधिकारका लागि म लड्नु छ। म त्यसमा स्पष्ट छु।’

    उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend