Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारले बालेनलाई काम गर्न नदिएको भन्दै कांग्रेस सांसदको आपत्ति


२४, जेठ २०८१
  • 184
    SHARES
  • सरकारले बालेनलाई काम गर्न नदिएको भन्दै कांग्रेस सांसदको आपत्ति

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न नदिएको भन्दै आपत्ति जनाएको छ ।

    बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद कान्तिका सेजुवालले कि स्थानीय सरकार सञ्चालन ऐन खारेज गर्न कि काम गर्न दिन माग गरिन् । उनले बालेनलाई सरकारले काम गर्न नदिएको आरोप लगाईन् ।

    कि स्थानीय सरकार सञ्चालन ऐनले जुन परिकल्पना गरेको छ । त्यो खारेज गरौं ।हैन भने बालेनलाई काम गर्न किन नदिने ?’ उनले भनिन् । ‘न्यूरोडदेखि इन्द्रचोक, वसन्तपुर र ठमेलमा किन गाडी गुड्ने सहर चाहियो । किन रिङरोड चाहियो ?। फुटपाथ बनाउन किन सरकारले अवरोध गरेको’ ।

    यता अर्का सांसद अर्जुननरसिंह केसीले पनि बालेन र सरकारबीच द्धन्द्ध सिर्जना भएको बताएका छन् । केसीले प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै भने, ‘हालै संघीय सरकार र काठमाडौं महानगरबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ, तत्काल समन्वय होस्।’

    संघीय सरकार पक्ष युद्धउद्धत, अहंकार र झगडिया मानसिकता बोक्न नहुने उनले बताए। ‘समन्वय गर्नुपर्ने दायित्व छ, तत्काल पूरा गरोस्,’ उनले भने।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend