Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभाको आज र भाेलिकाे बैठक सूचना टाँसेर स्थगित


२७, जेठ २०८१
  • 95
    SHARES
  • प्रतिनिधि सभाको आज र भाेलिकाे बैठक सूचना टाँसेर स्थगित

    काठमाण्डौ – प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित भएको छ । दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेपछि आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल गर्ने तयारी थियो । बैठकअघि सभामुख देवराज घिमिरले बोलाउनुभएको बैठकमा दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेका हुन् । त्यसपछि आज र भोलिको प्रतिनिधि सभाको बैठक स्थगित गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभाको अर्को बैठक आउँदो मंगलवार बिहान ११ बजे बस्नेछ । सभामुखले बोलाउनुभएको बैठकमा सभामुखसहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी हुनुहुन्थ्यो । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend