Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले अर्घाखाँचीको उपाध्यक्षमा पोख्रेलको बलियो सम्भावना


२७, जेठ २०८१
  • 161
    SHARES
  • एमाले अर्घाखाँचीको उपाध्यक्षमा पोख्रेलको बलियो सम्भावना

    अर्घाखाँची । नेकपा एमालेका नेता शम्भु प्रसाद पोख्रेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ ।

    पार्टीको बलियो खम्बाको रुपमा स्थापित पोख्रेलले उपाध्यक्षमा उम्मेदवारी दिने भएपछि एमालेका कार्यकर्ता निक्कै उत्साहित भएका छन् । 

    आठौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको सर्वसम्मत उपसचिव चयन हुनु भएका उहाँले दुई बर्षको अबधिमा पार्टीलाई माथी पुर्याउन ठुलो योगदान पुर्याउनु भएको एमाले कार्यकर्ताको भनाई छ । 

    २०३५ सालमा जनज्योती माध्यमिक बिद्यालयमा अनेरास्ववियू प्रा.क.को अध्यक्ष हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नु भएका उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी बन्नु भएको थियो । 

    २०४२ सालमा त्रिचन्द्र क्याम्पस काठमाडौंको सचिव बन्नु भएका पाख्रेलले २०४६ सालको जनआन्दोलनमा सरिक हुँदा चरम यातना समेत व्यहोर्नु पर्यो ।

    उहाँ २०४९ देखि २०५१ सम्म मुलुकको सबैभन्दा ठुलो क्याम्पस त्रिभुवन विश्वविद्यालयको सचिव भई काम गर्दा चर्चित विद्यार्थी नेताको रुपमा स्थापित हुनुभएको थियो ।

    नेकपा एमालेको सातौं जिल्ला अधिवेशनमा सर्वाधिक मत ल्याई विजयी हुनुभएका उहाँले पार्टीलाई अप्ठ्यारो परेको समयमा सधै अग्र पङ्तिमा रहेर काम गर्नुभयो ।

    पार्टी प्रदेश कमिटीको निर्णय र जिल्लाको योजना अनुसार भूकम्प पीडितको सहयोगको लागि २०८० माघ ५ गते देखि २२ गते सम्म रुकुम पश्चिमको बिकट क्षेत्र चौरधारी-११ र १२ मा जिल्लाका १५ जना स्वयंसेवक पार्टी कार्यकर्ताको नेतृत्व गर्दै पुग्नु भएका पोख्रेलले निक्कै अपठ्यारो परिस्थितिमा पनि काम गर्नु भएको थियो ।

    जिल्लामा हुने हरेकखाले संघर्षमा उहाँको नाम सबैभन्दा पहिलो नम्बरमा आउने गर्छ । उहाँले अरु नेताले जस्तो कार्यकर्तालाई मुखले चिल्लो घस्नु हुन्न बरु परेको बेलामा ज्यान फालेर सहयोग गर्नु हुन्छ । 

    पोख्रेल नेकपा एमालेको नेता मात्र नभएर सामाजिक रुपमा स्थापित व्यक्ति समेत हुनुहुन्छ । उहाँले नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखा र लुम्बिनी प्रदेश समितिको अध्यक्ष तथा केन्द्रीय सदस्य समेत भएर काम गरिसक्नु भएको छ ।

    गैरसरकारी संस्था अर्घाखाँचीको अध्यक्ष बनिसक्नुभएका पोख्रेलले जिल्लामा धेरै खानेपानीका आयोजना तथा झोलुङ्गेपुल निर्माण गरि जनताको मन जित्न सफल बन्नु भएको छ ।

    जुझारु,साहसी र ईमान्दार नेताको छबि वनाउन सफल पोख्रेलले गएको कार्यकाल संगठन निर्माण तथा चुनाव केन्द्रीत बन्नु परेको स्मरण गराउँदै अबको कार्यकालमा कार्यकर्तालाई आय आर्जनमा जोड्दै संगठित,बलियो र एकता बध्द पार्टी बनाउने बताउनु भयो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend