Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माेदीकाे शपथ समाराेहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान


२७, जेठ २०८१
  • 111
    SHARES
  • माेदीकाे शपथ समाराेहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान

    काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ ग्रहण समाराेहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो । उहाँको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

    प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छाेरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ ।

    तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज बेलुकी शपथ लिनुहुने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आजै भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भाेलि स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोक्नुभएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend