Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा


२७, जेठ २०८१
  • 202
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा

    काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ समाराेहमा सहभागी हुन आज दिउँसाे नयाँ दिल्ली पुग्नुभएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गर्नुभएकाे छ ।

    तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले आज बेलुकी प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आजै भेटवार्ता हुने नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ ।

    आज बेलुका सवा ७ बजे मोदीले शपथ लिने कार्यक्रम छ । अहिले शपथ ग्रहण समारोहको भव्य तयारी चलिरहेको छ, शपथ समाराेहपछि प्रचण्ड भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

    मोदीको शपथ ग्रहणमा श्रीलङ्का र माल्दिभ्सका राष्ट्रपति तथा बङ्गलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि नयाँ दिल्ली आएका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छाेरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रचण्ड भाेलि स्वदेश फर्कने कार्यक्रम छ ।

    यसअघि मोदीको पहिलो कार्यकालको शपथ ग्रहणमा स्वर्गीय सुशील कोइराला र दोस्रो कार्यकालको शपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभएको थियो ।

    गएको मङ्गलवार भएको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको शपथ हुनेछ ।

    लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसके पनि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।

    यसैबीच प्रचण्ड नयाँ दिल्ली गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पाउनुभएको छ । उपप्रधानमन्त्रीको वरीयताका आधारमा महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    तस्बिर : भारतकाे विदेश मन्त्रालय

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend