Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः भुसाल निर्वाचित, सचिवमा रायमाझी


२८, जेठ २०८१
  • 215
    SHARES
  • एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः भुसाल निर्वाचित, सचिवमा रायमाझी

    अर्घाखाँची । एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोज बहादुर रायमाझी विधान सर्वसम्मत् निर्वाचित भएका छन ।

    नवौं जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी सर्वसम्मत् रुपमा निर्वाचित भएका हुन । नवौँ अधिवेशनमा पालिका प्रतिनिधि,आयोजक गरी ५ सय ६२ जना प्रतिनिधिमध्ये ५३२ प्रतिनिधि मतदानमा सहभागी भएका थिए ।

    यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको थियो ।

    जसमा उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल निर्वाचित भएका छन । पोख्रेलले ३ सय २४ मत पाउँदा गैरेले १ सय ९९ मत पाएका थिए । उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसालको उम्मेदवारी परेको थियो । जसमा खगेश्वर पन्थी निर्वाचित भएका छन ।

    पन्थीले ३ सय १४ र भुसालले १८९ मत प्राप्त गरेका थिए । महिला उपसचिवमा शिवकला विक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको थियो । जसमा शिवकला विकले ३ सय ४८ मत प्राप्त गरी विजयी भएका थिए ।

    भाटले १ सय ४९ मत प्राप्त गरेका थिए । सन्धिखर्कको महिला सदस्य पदमा कमला खनाल ,भण्डारी,दीपा आचार्य ,देवी थापा भुसाल ,मिश्रा आचार्य निर्वाचित भएका छन ।

    यस्तै खुल्ला तर्फ रामबहादुर रायमाझी ,मोतीजङ रायमाझी ,लक्षमण पराजुली,लक्ष्मी नारायण चुदाली ,नारायण बहादुर बस्याल ,श्रीधर महत्रा क्षत्री, हिमबहादुर जिसी लेकाली र भरत न्यौपाने निर्वाचित भएका छन ।

    सन्धिखर्क ८ जनाको खुल्ला पदको लागि २३ जनाको उम्मदवारी परेको थियो । यस्तै सन्धिखर्कको युवा महिलामा श्रृजना आचार्य निर्वाचित भएकी छिन । अन्य ५ पालिकामा भने सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend