Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रविविरुद्धको रिटमा सर्वोच्चको आदेशः रुपन्देहीमा दर्ता भएको सहकारी ठगी मुद्दा झिकाउ


२८, जेठ २०८१
  • 244
    SHARES
  • रविविरुद्धको रिटमा सर्वोच्चको आदेशः रुपन्देहीमा दर्ता भएको सहकारी ठगी मुद्दा झिकाउ

    काठमाडौँ – सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको मुुद्दामा रुपन्देही जिल्ला अदालतमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दा झिकाउन आदेश दिएको छ।

    लामिछानेलाई महान्यायाधीवक्ता कार्यालयले दिएको क्लिनचिट बदर गर्दैै उनीमाथि सहकारी ठगीको विषयमा अनुसन्धान हुुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाविरुद्धको मुद्दा झिकाउन आदेश दिएको हो।

    वैशाख ३ गते रुपन्देही सरकारी वकिल कार्यालयले जिवी राईसहित २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो। रकम हिनामिना गरेको सूचीमा लामिछानेको नाम भए पनि उनलाई प्रतिवादी बनाइएको थिएन।

    सोमबार सर्वोच्चले त्यही अभियोगपत्र मगाएको हो।

    आदेशमा भनिएको छ, ‘यसमा कृष्ण प्रसाद खरेल समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जितेन्द्र बाबु राई (जि.बी. राई) समेत भएको सहकारी ठगीको मुद्दा नं। ०८०-८१-०९८७ नं। को मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतवाट झिकाई पूर्व आदेशानुसार अग्राधिकार दिई मिति २०८१र०३र०४ को पेशी तोकी नियमानुसार पेश गर्नुहोला।’

    उक्त मुद्दामा सुप्रिम सहकारीका सहकारीका १८ सय ३१ जना बचत कर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै रुपन्देही जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। उनीबाट सहकारीले ८६ करोड १८ लाख २३ हजार ७५४ रकम बचतका रुपमा उठाएको पाइएको छ।

    अभियोग पत्रमा लामिछानेले दुई करोड रुपैयाँ विना कागजात ऋण लिएको उल्लेख छ। उनले सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपैयाँ प्राप्त गरेको लेखिएको छ। अभियोगपत्रमा भनिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ।’

    तथापी उनलाई प्रतिवादी बनाइएन।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend