काठमाडौं । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका पूर्वन्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।
काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । उक्त मुद्दामा गत जेठ २३ गते जिल्ला अदालत काठमाडौंकी न्यायाधीश दुर्गा भुसालको इजलासले पूर्वन्यायाधीश गिरीलाई दोषी ठहर गरेको थियो ।
दोषी ठहर भएका गिरीको मुद्दामा आइतबार सजाय निर्धारण भएको हो । पूर्वन्यायाधीश गिरीमाथि श्रीमती आरती रावल गिरीसँगको सम्बन्धविच्छेद मुद्दा विचाराधिन रहेको अवस्थामा जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।