Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


३०, जेठ २०८१
  • 150
    SHARES
  • प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    संखुवासभाको धर्मदेवी नगरपालिका-४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानाध्यापक भट्टराईसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

    आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै बुधबार प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यविरुद्ध मुद्दा दायर गरेको हो ।

    विद्यालयले प्रदेश सरकारबाट खानेपानी योजना र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट कुनै पनि काम नै नगरी बिल भरपाई मिलाई अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि सापकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीलाई ८ लाख ३ हजार ४५५, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ४३ हजार र प्रेस सञ्चालक शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुल उपर गर्न माग गरिएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend