Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित


३२, जेठ २०८१
  • 351
    SHARES
  • एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

    गुल्मी । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् ।

    काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए । ११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

    गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो । अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

    निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाए ।

    ११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यसपटकको  १२ औं जिल्ला अधिवेशनमा भने  उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

    सचिवमा धर्म विश्वकर्मा विजयी भए । विश्वकर्माले ३७१ मत पाउँदा उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाए ।

    सहसचिव पदमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी ओम कार्कीको पक्षमा २१६ मत पर्‍यो ।

     

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend