Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकार फेरिँदा पनि सत्ता फेरिँदैन : गृहमन्त्री लामिछाने


३२, जेठ २०८१
  • 177
    SHARES
  • सरकार फेरिँदा पनि सत्ता फेरिँदैन : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली भएको एक सय दिनमा देश र जनतालाई नराम्रो हुने काम एउटा पनि नगरेको प्रतिक्रिया दिएका छन् ।

    शुक्रबार मन्त्रालयको पदभार ग्रहण गरेको एक सय दिन पूरा भएको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘नेपाली जनताको कसम आएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिन,’– लामिछानेले भने ।

    गृहमन्त्री लामिछानेले सरकारमा जाने भनेको सेटिङ मिलाउन, ठेक्कापट्टा मिलाउन र आफ्ना मान्छेलाई जागिर दिन भन्ने भाष्य निर्माण भएको कारण यिनीहरु पनि बिग्रिन्छन् कि भनेर जनताले प्रतिपक्षमै बसुन् भन्ने चाहेको पनि उनले बताए ।

    अहिले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसहरुलाई सेवा दिइरहेको बताए । त्यस्तै, मन्त्रालयका अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको उनको भनाइ छ ।

    मान्छेले महशुस गरेको कुरा सरकार भनेको सेटिङ मिलाउने, ठेक्कापट्टा मिलाउने, आफ्ना मान्छेलाई जागिर दिने भएको हुनाले त्यहाँ यो नगइदिए हुन्थ्यो भन्ने थियो । पीर मानेको मात्रै हो ।

    तर, यहाँ बसेर हामी प्रत्येक दिन कयौं मान्छेलाई सेवा दिएका छौं । जिल्ला प्रशासन कार्यालयबाट, जिल्ला प्रहरी कार्यालयबाट, हामीले गर्ने निर्णयहरुबाट कयौं नागरिकलाई सेवा दिने काम गरिरहेका छौं,’– उनले भने ।

    गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहेपनि सत्ता पक्षबाट असहयोग भएका संकेत गरे । उनले सरकारमा आफूहरु भएपनि सत्ता अरुले नै चलाइरहेको बताए । गृह मन्त्रालयअन्तर्गत रहेर अनुसन्धान हुने कुरामा कुनै पूर्वाग्रह नराखिएको पनि उनले प्रष्ट पारे ।

    ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपाल सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहीँ हुन्छ ।

    मलाई पनि बेथितिका कयौं फाइलहरु खोल्नेबित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लाग्थ्यो । रेडी भइसकेको फाइल म जहिले पनि साइन गर्न तयार छु । दिनमा सय वटा फाइल साइन गर्न पाए हुन्थ्यो भन्नेमा छु ।

    तर, कतिपय कुरामा फाइल नै तयार गर्नुपर्ने हुन्छ । यसले समय लिन्छ । हामीले अनुसन्धान गर्नुपर्ने कुरा कसैसँग पूर्वाग्राह नराखी गर्नुपर्ने हुन्छ,’– उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend