Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अफवाह चिर्नका लागि टोल टोलमा संगठनको आवश्यक : उपसभापति वाग्ले


१, असार २०८१
  • 147
    SHARES
  • अफवाह चिर्नका लागि टोल टोलमा संगठनको आवश्यक : उपसभापति वाग्ले

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले टोल टोलमा, वडा वडामा संगठन विस्तार गर्नुपर्ने बताएका छन् । 

    शनिवार काठमाडौंमा रास्वपा स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पार्टीमा संगठनको आवश्यक महसुस भएको बताए । 

    उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने तर इलाम र तनहुँमा देखिएको उपनिर्वाचनको परिणामले गाउँमा पनि रास्वपाका कार्यकर्ता परिचालन गर्नुपर्ने बताए । 

    उनले चुनावको मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने भएका कारण पुराना पार्टीले रास्वपा विरुद्ध  अफवाहहरू फैलाएको दाबी गरे । 

    उनले भने, ‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ । हामीलाई कार्यकर्ता नै चाहिँदैन, हामी मासबेस्ड पार्टी हो भन्ने एउटा विचारधारा नभएको पनि होइन । तर अहिले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्ने अवस्था देखिरहेको छु।

    संगठन चाहिँदो रहेछ भन्ने कुरा, काठमाडौंमा अलि सजिलो होला । तर अन्य जिल्लाहरूमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो ।

    सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरू फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा–वडामा साथीहरू नै भएनन् । मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नपर्छ ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend