Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बजेटबारे रोकिएन एमालेको असन्तुष्टि, योगेश भन्छन् : प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए


२, असार २०८१
  • 246
    SHARES
  • बजेटबारे रोकिएन एमालेको असन्तुष्टि, योगेश भन्छन् : प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए

    काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेले बजेटलाई लिएर देखाएको असन्तुष्टि रोकिएको छैन ।

    एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले नै बजेटलाई लिएर सार्वजनिक रुपमा रोष प्रकट गरिरहेका बेला दोस्रो तहका नेता पनि त्यही बाटोमा छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराइले बजेट निर्माण प्रक्रियामा पुरानै ढाँचा अबलम्वन गरिएको भन्दै असन्तुष्टि जनाए ।

    विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै भट्टराईले बजेट निर्माण प्रक्रिया पुरानै ढाँचाबाट आएको टिप्पणी गरे । उनले यसमा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको पनि उनले सुझाए ।

    तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत स-साना आयोजना पनि राखिँदा कुनै प्रतिफल नआउने धारणा राखे ।

    तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापित गर्न सके परिणाममुखी रुपमा बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए ।

    पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

    भट्टराईले २५ वर्षमा आयोजना हस्तान्तरण गर्ने नियमलाई बढाउनुपर्ने सुझाव पनि दिए ।

    राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै लगानी बढेको अवस्थामा सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्ने उनले बताए ।

    पुँजीगत खर्चलाई बढाउने वित्तीय व्यवस्थापन नियन्त्रण गर्ने कुरा नै मुलुकको अर्थतन्त्रको निम्ति स्थायी भरपर्दो बाटो हुन सक्ने उनको भनाइ छ ।

    ‘अर्थमन्त्रीको त्यस विषयमा ध्यान जान जरुरी छ । योजना आयोगको आयोजना बैंकमार्फत अर्थमन्त्रालयले योजनाहरू ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘तर, आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा योजना बैंकको प्रतिविम्ब छैन ।

    प्रोजेक्ट बैंकको सट्टामा पकेट बैंक जस्तो योजना छनोट भएको देखिएको छ ।’ उनले सानातिना आयोजना लगेर निर्वाचन जितिन्छ भन्ने मानसिकता भए त्यसले कुनै पनि प्रतिफल नदिने पनि बताए ।

    ‘विगतमा निर्वाचनमा धेरै नेताहरूको परिणाम हेर्दा देखिरहेका छौँ । जसले धेरै बजेट लैजान्छ, त्यसले चुनाव जित्दैन । कम बजेट लैजानेले चुनाव जितेर आइरहेको छ’, उनले भने, ‘बजेट लैजाँदैमा चुनाव जितिन्छ भन्ने आधारबाट मुक्त हुन जरुरी छ । विगतदेखि बजेट बनाउँदा व्यापारिक घरानाले फाइदा लिएको आंशका गर्दै आएका छौँ । त्यसमा अर्थमन्त्रीले ध्यान दिनुभएको होला ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend