Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो


२, असार २०८१
  • 134
    SHARES
  • जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा समभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखियो ।

    खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि खैलाबैला भएको छ ।

    संघीय संसद् सचिवालयमा खासगरी युरोपिएन एनजीओको लगानी आइरहने कुरा अनौठो होइन । ती एनजीओले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरूलाई समेत आकर्षक भत्तासहित देश-विदेश घुमाउने कुरा पनि पुरानै भइसकेको छ ।

    सुविधा सम्पन्न होटलमा हुने गोष्ठीमा पनि एनजीओकै लगानी हुने गरेको छ । तर आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको खाजाको प्रायोजनसमेत एनजीओले गर्न भ्यायो ।

    सभापति खतिवडा व्यक्तिगत तहमा हरेकसँग सम्बन्ध बनाउन माहिर मानिन्छ । उनको यही कला आइतबारको बैठकमा भने उनैलाई घाँडो सावित भयो ।

    बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा थियो ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत उपस्थित बैठकका सहभागीलाई खाजा प्रायोजना गर्ने संस्था थियो, जनसंख्या र विकाससम्बन्धी विषयमा काम गर्दै आएको एलएक्सपिटीडी नामको संस्था ।

    खाजाको प्याकेटमा चना, फलफूल, जाम-पाउरोटी, अण्डा, आलु आदि राखिएको बैठकमा सहभागी एकजना सांसदले बताएका छन् ।

    बैठकमा खाजाको विशेष व्यवस्था गरिएकोबारेमा समिति सभापति खतिवडालाई कांग्रेसकै सांसद हृदयराम थानीले प्रश्न गरेका थिए । खतिवडाले हल्काफुल्का रुपमा लिँदै कतैबाट व्यवस्थापन गरिएको जवाफ दिएपछि थानीले यसलाई ठट्टाको विषय नबनाउन भनेका थिए ।

    थानीले समितिको बैठकमा यस्तो महंगो खाजाको व्यवस्था कहिलेबाट भएको हो भनेर प्रश्न गरे। यसअघि कहिल्यै नदेखेको खाजा आएको भन्दै उनले यसबारे प्रष्ट जवाफ दिन सभापति खतिवडालाई भने ।

    एउटा समितिले यति महंगो खाजा खुवाउन थालेपछि अरु समितिमा पनि दबाब पर्ने भन्दै थानीले धान्न नसकिने यस्ता अभ्यासलाई अघि बढाउन उचित नहुनेमा जोड दिएका थिए ।

    थानीसँगै कांग्रेसका अन्य सांसदहरू सरिता प्रसाई र ईश्वरी न्यौपानेले पनि खतिवडालाई खाजाका विषयमा घेरे । उता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले पनि खाजाबारेमा गम्भीर प्रश्न उठाउँदै स्पष्ट जवाफ चाहिएको धारणा राखिन् ।

    उता गृहमन्त्री लामिछानेले पनि खाजामा विशेष व्यवस्था भएको देखेँ भन्दै सभापति खतिवडालाई सोधे । खतिवडाले संसद्भित्रैको कुरा भएको बताउँदै आन्तरिक ढंगले व्यवस्थापन गरिएको जवाफ फर्काए । त्यसपछि खाजा खानका लागि उनले आग्रह गरे । तर सांसदहरू चुप बसेनन्, उनीहरूले सभापति खतिवडाबाट सबै कुरा बुझेपछि बैठक नै बहिष्कार गरिदिए ।

    खाजाको विषयमा समिति सभापति खतिवडाले चित्त बुझ्दो जवाफ दिन सकेनन् वा चाहेनन् । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दुराले खाजा एनजीओले प्रायोजन गरिदिएको खुलाए ।

    बिहानै भएको बैठकमा एनजीओबाट खाजा प्रायोजन भएको थाहा पाएपछि गृहमन्त्री लामिछाने र समितिका सदस्य सांसदहरू बैठक बहिष्कार गरेर हिँडेका हुन् ।

    एनजीओलाई प्रायोजक बनाउने आफ्नो निर्णय सभापति खतिवडालाई गलपासो बन्यो । त्यपछि उनले समितिको बैठक नै स्थगित गरिदिएका छन् ।

    यो बैठकमा गृहमन्त्री लामिछानेसँग छलफल गर्ने तालिका थियो । बिहान ७ बजे सांसदहरू बैठक हलमा छिर्नुअघि नै महँगो दरको खाजा उनीहरूको टेबलमा आकर्षक प्याकिङसहित राखिसकिएको थियो ।

    तर उक्त खाजा देखेपछि सांसदहरूले खासखुस गरे। त्यसपछि उनीहरूले मंहगो मूल्यको यस्तो खाजा आजसम्म नआएको हुनाले सोधीखोजी गर्नु स्वभाविक पनि थियो ।

    उक्त बैठकमा खाजा मात्रै थिएन, उक्त एनजीओका पदाधिकारी पनि पनि उपस्थित थिए । बैठकमा राज्यको कानुन निर्माण जस्तो गम्भीर विषयमा छलफल गर्ने ठाउँमा एनजीओको खाजा खानु गलत हुने बताउँदै गृहमन्त्री लामिछाने हल छाडेर हिँडे ।

    गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक गर्न‍ नमिल्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न पनि गरे । प्रश्न गरेर लामिछाने बाहिरिएसँगै अन्य सदस्य पनि क्रमश: हिँडे । त्यसपछि सभापति खतिवडाले बैठक स्थगित गरिदिए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend