Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे…


२, असार २०८१
  • 243
    SHARES
  • जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे…

    काठमाडौं ।प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बोलेको एउटा वाक्यलाई लिएर विरोध भएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा घिमिरेले कुनै एक जातिलक्षित उखान प्रयोग गरेपछि विरोध भएको हो ।

    सरकारले ‘म मरे डुमै राजा’ भन्ने जसरी बजेट विनियोजन गरेको टिप्पणी गरेपछि विरोध भएको हो । सांसद घिमिरेको यस्तो टिप्पणीलाई नकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले नियमापत्ति जनाउँदै विरोध प्रकट गरिन् ।

    सांसद विश्वकर्माले नियमापत्ति जनाउँदै उक्त शब्दले दलित समुदायलाई अपहेलित गरेको गुनासो गरिन् । उनले त्यसलाई संसद्‍को रेकर्डबाट हटाउन माग गरिन् ।

    विश्वकर्माले शब्द फिर्ता लिन माग गरेपछि कांग्रेस सांसद घिमिरेले उखान भन्ने क्रममा प्रयोग भएको शब्द फिर्ता लिएको बताए । ‘त्यो शब्द फिर्ता लिएँ, उखान भन्ने सिलसिलामा त्यो बोलेको हुँ, फिर्ता लिएँ’, उनले भने ।

    घिमिरेले शब्द फिर्ता लिएपछि सभामुखले विश्वकर्मालाई सिटमा बस्न आग्रह गरे। घिमिरेले बोलेको उक्त शब्दलाई संसद्‍को रेकर्डबाट पनि हटाइने भएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend