Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति पौडेलको जर्मन सरकारसँग आग्रह


४, असार २०८१
  • 344
    SHARES
  • राष्ट्रपति पौडेलको जर्मन सरकारसँग आग्रह

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेनमा रहेका नेपालीको रिहाइको पहल गरिदिन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ ।

    भ्रमणका क्रममा जर्मनी पुग्नुभएका राष्ट्रपति पौडेलले जर्मनीका समकक्षी राष्ट्रपति फ्र्यांक वाल्टर स्टाइनमायरलाई आग्रह गर्नुभएको हो ।

    स्विट्जरल्यान्डको जेनेभामा भएको १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनी पुग्नुभएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा भेटवार्ता भएको हो ।

    भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभयो ।

    यस्तै दिगो शान्ति र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लीन रहेको र नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

    त्यसैगरी, विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले लस एन्ड ड्यामेज फन्डमा गरेको सहयोग प्रतिवद्धतालाई स्वागत गर्न चाहेको पनि बताउनुभयो । राष्ट्रपति पौडेललाई जर्मनीले गार्ड अफ ओनर प्रदान गरेको थियो । राष्ट्रपति पौडेल भोली स्वदेश फर्कनुहुनेछ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend