Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गैरसरकारी संस्थालाई संसदीय गतिविधिमा आफूखुशी सहयोग गर्न बन्देज


४, असार २०८१
  • 142
    SHARES
  • गैरसरकारी संस्थालाई संसदीय गतिविधिमा आफूखुशी सहयोग गर्न बन्देज

    काठमाडौँ।  संघीय संसद सचिवालयले गैरसरकारी संस्थाहरुलाई आफूखुशी सहयोग गर्ने बन्देज लगाएको छ।

    लामो समयदेखि संसदीय गतिविधिहरुमा एनजिओ/आएनजिओहरुले संसद सचिवालय, संसदीय समिति र सांसदहरुलाई विभिन्न गतिविधिमा मनलागी सहयोग दिँदै आएका थिए।

    सहयोगअनुसार कानुन निर्माणमासमेत प्रभाव पर्दै आएकोमा अब अनुमति विना कुनै पनि गैरसरकारी संस्थासँग सहयोग लिएर गतिविधि नगर्न महासचिव पदमप्रसाद पाण्डेले लिखित निर्देशन दिएका हुन्। यसअघि पटक पटक ध्यानाकर्षण गराउँदासमेत नरोकिपछि लिखित रुपमै सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशनमा महासचिव पाण्डेले सूचना जारी गरेका हुन्।

    पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘संघीय संसदको संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (NGO/INGO) हरुले संघीय संसद अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरुको सम्लग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरु सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरु पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ।’

    गैरसरकारी संस्थाहरुले संसदीय समितिको बैठक नै संसद परिसर बाहिर राख्न सहयोगसमेत गर्दै आएका छन्। हालसालै मात्र राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेसनल फोरम अफ पार्लियमेन्टेरियन अन पपुलेससन एण्ड डेभलपमेन्ट (एनएफपिपिडी) खाजा पुर्याएपछि यो विषय थप पेचिलो बनेको हो।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend