Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने


५, असार २०८१
  • 210
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरका बस्नेछ ।

    आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ ।

    छलफलका क्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेश कुमार सिंह र ध्रुवबहादुर प्रधानले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । योसँगै बजेटका मन्त्रालयगत शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिनेछ ।

    यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

    आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend