Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेयर बजारमा आज पनि हरियाली: ५४ अंकले बढ्यो नेप्से


२, साउन २०८१
  • 371
    SHARES
  • सेयर बजारमा आज पनि हरियाली: ५४ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ ।

    नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.५० प्रतिशतले बढेर ४१९.७७ बिन्दुमा अडिएको छ ।

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो । सोदिन ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    यसदिन ३०६ स्क्रिप्सको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भयो ।

    सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा सिंगति हाइड्रोपावरको ९.९७,आँखु खोला जलविद्युतको ९.९५,मन्दाकिनी हाइड्रोपावरको ९.९० र सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८७ प्रतिशतले बढ्यो ।

    सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर ९.९० प्रतिशतले घट्यो । यस दिन कारोबार रकमका आधारमा सिंगति हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २३ करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।

    एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २२ करोड,सोनापुर मिनरल्सको २० करोड रुपैयाँको सेयर कारोबार भयो । कारोबारमा आएका २०४ स्टकको मूल्य बढ्दा ३२ वटाको घट्यो भने ६ वटाको मूल्य भने स्थिर रह्यो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend