Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

११ महिनामा २ अर्ब ३२ करोड रुपैयाँको बिजुलीको मिटर आयात


७, साउन २०८१
  • 195
    SHARES
  • ११ महिनामा २ अर्ब ३२ करोड रुपैयाँको बिजुलीको मिटर आयात

    काठमाडौँ । गत आर्थिक वर्षको ११ महिनामा २ अर्ब ३२ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको बिजुलीको मिटर आयात भएको छ ।

    भन्सार विभागका अनुसार ११ महिनामा ४ लाख ६७ हजार २४ थान मिटर आयात भएको हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ९२ करोड ७६ लाख ७६ हजार रुपैयाँ बराबरको मिटर आयात गरिएको थियो ।

    अघिल्लो आर्थिक वर्ष भारत, चीन, जापान, सिंगापुर, बेलायत र अमेरिकाबाट बिजुलीको मिटर आयात गरिएको थियो ।

    गत आर्थिक वर्ष सबैभन्दा बढी चीनबाट २ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ बराबरको २ लाख ९० हजार ७ सय ५४ थान मिटर आयात भएको विभागको तथ्यांक छ ।

    भारतबाट १८ करोड ६१ लाख ११ हजार रुपैयाँ बराबरको १ लाख ७६ हजार ९९ थान मिटर आयात भएको विभागको तथ्यांक छ ।

    अमेरिकाबाट २ करोड ५८ लाख ६५ हजारको ६१ थान, ग्रिसबाट ६२ लाख १० हजारको सय थान, डेनमार्कबाट १ लाख ३३ हजार र रुपैयाँ बराबरको ८ थान र बंगलादेशबाट ३ हजार रुपैयाँ बराबरको २ थान बिजुलीको मिटर आयात गरिएको हो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend