Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यस्तो छ आजको विनिमय दर


६, असोज २०८१
  • 181
    SHARES
  • यस्तो छ आजको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयांक एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर १५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिंगापुर डलर एकको खरिद दर १०३ रुपैयाँ २१ पैसा र बिक्री दर १०३ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०४ पैसा र बिक्री दर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिद दर ४७ रुपैयाँ २० पैसा र बिक्री दर ४३९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिद दर ३५४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५५ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend