Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विद्युत प्राधिकरणले काट्यो बक्यौता नर्तिने ३४ उद्योगको लाइन


९, कात्तिक २०८१
  • 147
    SHARES
  • विद्युत प्राधिकरणले काट्यो बक्यौता नर्तिने ३४ उद्योगको लाइन

    काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । बिहीवार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो ।

    प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै बिहीबार भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो । ​उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको प्राधिकारण स्रोतले जनायो ।

    घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको एक व्यापारीले जानकारी दिए ।

    बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने बताएका थिए । र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले उद्योगीलाई चिढ्याउन नहुने धारणा राखेका थिए ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री खड्कालाई भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय नभएका कारण उनले लाइन काट्न शुरु गरेका हुन् ।

    पछिल्लोपटक गत २४ असोजमा सूचना निकालेर प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै बिहीबार सम्मको म्याद दिएको थियो । तर, उद्योगी भने प्राधिकरणले विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै बक्यौता नतिर्ने अडानमा छन् ।

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend