Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन


१२, मंसिर २०८१
  • 140
    SHARES
  • नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन

    काठमाडौँ । नेपालमा वार्षिक रूपमा ९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन खेती हुँदै आएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । 

    सो क्षेत्रफलबाट ७३ हजार ५ सय ६७ सय मेट्रिक टन लसुन उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा ९ हजार ९ सय ४३ क्षेत्रफलमा लसुन खेती हुँदा ७४ हजार ७ सय ६३ मेट्रिक टन उत्पादन भएको थियो ।

    यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ९ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा लसुन रोपाई हुँदा ७२ हजार ४ सय ९० मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।

    लसुन खेती हुने क्षेत्रफल र उत्पादनको तीन वर्षे विवरण:

    table_MVcg1m0tBJ.webp

    कैलाली, कन्चनपुर, बर्दिया लगायतका थारु समुदायमा लामो समयदेखि खनजोत बिनै लसुन खेती गर्दै आएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा यो प्रविधिबाट लसुन खेती गरिन्छ ।

    नेपालका पश्चिम तराई क्षेत्रमा बिन खनजोत नै लसुन खेती हुँदै आएको छ । धान काटिसकेपछि धानको थोस्न (धान काटी सकेपछि बाँकी रहेको जारा) मा लसुन रोपेर बिन खनजोत नै धान खेती गरिन्छ ।

    कृषि विज्ञ राम बहादुर केसीका अनुसार यो प्रविधि केहि दशक अघिसम्म पश्चिममा बाँके, बर्दिया, कैलाली, कचंनपुर जिल्लाका थारु समुदायमा प्रचलित थियो । तर हाल काठमाडौँ, रुपन्देही तिर पनि बाँझो खेतमा बिन खनजोत लसुनको खेती गरिन्छ । ‘तराई/मधेशमा धान काटेर थन्काए लगत्तै हिउँदे खेती सुरु हुन्छ।’ उनले भने, ‘धान काटेको खेतमा बिना खनजोत लसुन खेती गर्न सकिन्छ ।’   

    केसीले आफ्नो घरायसी प्रयोजनका लागि लसुन रोप्ने भए मलको प्रयोग नगर्दा पनि उत्पादन हुने तर व्यावसायिक रूपमा लसुन खेती गर्ने भए मलको प्रयोग गर्न सकिने उनी सुझाउँछन् । ‘यो प्रविधिमा १.८ के.जी युरिया, २.४ के.जी. डी. ए.पी. र २.२ के.जी. म्युरेट अफ पोटास प्रतिकट्ठा धान काटी सकेपछि लसुन लगाउने खेतमा छरी दिनु पर्दछ ।’ उनी भन्छन्, ‘त्यसपछि खडा बालीमा थप रासायनिक मल दिनु पर्दैन अर्थात् टपड्रेसिंग गर्नु पर्दैन । खेत मलिलो भए रासायनिक मल नराख्दा पनि हुन्छ । पछि खडा बालीमा गहुँत र पानी १ः३ को अनुपातमा राख्दा राम्रो नै हुन्छ ।’

    लसुनको लागि जग्गा तयार गरेपछि धानको गाँजको बीचमा पेन्सिल आकारको काठको किल्लाले खोपी बीउका लागि छानेका गानोबाट लसुनको केस्रा बनाइ लगाउनु पर्ने बताए ।

    लसुन लगाइसकेपछि राम्ररी पाकेको गोठे मल वा कम्पोष्ट मलको धुलो बनाइ लसुन लगाएको ठाँउमा बाक्लै हुने गरी छरी दिनु पर्ने केसीले बताए । रोपेको लसुनमा मकैको डाँठ, पराल, भुस, सुकेको स्याउला आदिको छापो दिन सकिने बताए ।

    ‘लसुन लगाउँदा माटोमा पर्याप्त चिस्यान हुनु आवश्यक छ ।’ उनी भन्छन्, ‘ गोडमेलका लागि आएका झार उखेली दिए मात्र हुन्छ, कुटो लगाउन पर्दैन । राम्ररी छापो दियो भने झारपातको प्रकोप पनि निकै कम नै हुन्छ । बरु माटोमा चिस्यान कम भए दुई/तीन पटक सिँचाइ गर्नु पर्दछ । गाना तयार भएपछि उखेलेर निकाल्न सकिन्छ, खनिरहनु पर्दैन ।’ नेपालमा हाल लसुन रोपाइँको सिजन हो ।

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend