काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
यसरी शपथ लिने राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि नेपाली राजदूत डा.शैल रुपाखेती, साउदी अरबका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रालेखा यादव रहेका छन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।