Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल र चीनबीच जारी भएको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?


१९, मंसिर २०८१
  • 121
    SHARES
  • नेपाल र चीनबीच जारी भएको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।

    मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका थिए । सो भेटपछि जारी १२ बुँदे वक्तव्यमा विगतका सम्झौता, सहमति तथा निर्णयहरूको द्रूत कार्यान्वयन गर्दै नेपाल र चीनले बेल्ट एन्ड रोड कोअपरेसन फ्रेमवर्कमा चाँडै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘दुवै पक्ष दुई देशले संयुक्त रूपमा सञ्चालन गरेका कार्यक्रमहरू, आयोजना र गतिविधिहरू सम्पन्न गर्नका साथै हस्ताक्षर गरेका सम्झौताहरू, सहमति र निर्णयहरूको समयमै र द्रूत कार्यान्वयन सुनिश्चित गर्न सहमत भएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले आ-आफ्ना विकास रणनीतिहरूको तालमेललाई बलियो बनाउन र अझ गहिरो, ठोस र उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहायतालाई अघि बढाउन सहमत भए । दुवै पक्षले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ट एन्ड रोड कोअपरेसनको ढाँचा निर्माण गर्ने विषयमा जतिसक्दो चाँडो एमओयूमा हस्ताक्षर गर्न तयार रहेको बताए ।’

    दुवै पक्षले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण गर्नका लागि बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, पावर ग्रिड र दूरसञ्चारजस्ता क्षेत्रमा दुई देशबीचको सम्पर्कलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको वक्तव्यमा उल्लेख छ ।

    पोखरा र लुम्बिनीमा चिनियाँ सहरबाट उडान खोल्न हवाइ उद्यमहरुलाई प्रोत्साहन गर्ने सहमति पनि भएको छ । ‘दुवै पक्ष चीन र नेपालको बीचमा नागरिक उड्डयन सम्बन्धको विकासलाई महत्त्व दिन्छन् र बजारको माग मध्यनजर गर्दै चिनियाँ सहर र पोखरा र लुम्बिनीबीच हवाई मार्ग र उडान खोल्नका लागि दुवै पक्षका हवाइ यातायात उद्यमलाई प्रोत्साहित गर्छन्,’ वक्तव्यमा भनिएको छ ।

    केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउन दुवै पक्ष तयार रहेको र चीन नेपाल रेल सहकार्य सम्बन्धी नवौँ बैठक आयोजना गर्ने योजना बनेको पनि उल्लेख गरिएको छ ।

    ‘दुवै पक्षले केरुङ–काठमाडौँ सीमापार रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनलाई अघि बढाउने इच्छा व्यक्त गरे र चीन–नेपाल रेल सहकार्यसम्बन्धी नवौँ बैठक आयोजना गर्ने योजना बनाए,’ वक्तव्यमा भनिएको छ ।

    संयुक्त वक्तव्यमा चीनले अरनिको राजमार्ग मर्मतको चौथो चरणलाई अघि बढाउने, हिल्सा सिमीकोट सडक परियोजना, काठमाडौँ रिङरोड सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन, टोखा–छहरे सुरुङको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ परियोजनाको अनुमोदनको सहमति भएको उल्लेख छ ।

    उर्जा क्षेत्रमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने बताइएको छ । नेपाल र चीनले हस्ताक्षर भएका समझौता र लिइएका निर्णयहरुको तीव्र कार्यान्वयन सुनिश्चित गर्ने सहमति पनि गरेका छन् ।

    नेपालले एक चीन सिद्धान्तमा प्रतिबद्धता व्यक्त गर्दै ताइवान चीनको अभिन्न अंग भएको स्वीकारेको छ भने चीनले समृद्ध नेपाल सुखी नेपालीको सफलताको कामना गरेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend