Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भीम रावलले एमाले,कांग्रेस र माओवादीसँग सहकार्य नगर्ने,बालेनलाई साथ दिन तयार


२४, पुस २०८१
  • 134
    SHARES
  • भीम रावलले एमाले,कांग्रेस र माओवादीसँग सहकार्य नगर्ने,बालेनलाई साथ दिन तयार

    काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री भीम रावलले आफू अब एमाले,माओवादी,कांग्रेस वा एकीकृत समाजवादी कुनैपनि दलमा प्रवेश नगर्ने र सहकार्य नगर्ने बताएका छन् । उनले बरु काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र शाहले दल खोलेको खण्डमा उनलाई साथ दिन आफू तयार रहेको बताए ।

    बालेन शाहजीले म कुनै दल खोल्छु, मेरो यस्तो नीति हो भनेर ल्याउनु भएको छैन । नल्याएको कुरामा अहिले कल्पना गरेर यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने कुरा सुहाउँदैन । यदि त्यो बाटोमा जान्छु भनेर उहाँ आउनुभयो भने उहाँजस्तो युवालाई म साथ दिन जहिलेपनि तयार हुन्छु नि । 

    उहाँले यदि पार्टी खोल्नुभयो र त्यो पार्टीले नेपालको सर्बोपरी हितलाई केन्द्रमा राखेर अहिले नेपालका जुन समस्याहरु छन्, त्यसलाई समाधान गर्छौं भनेर उहाँले भन्नुभयो भने उहाँसँग सहकार्य नहुनुपर्ने के कुरा छ र रु तर, त्यो काल्पनिक कुरा हुन्,– उनले भने ।

    उनले आफू पार्टी खोल्नका लागि अहिले हतारमा नरहेको बताए । उनले भने, ‘म त्यस्तो हतारमा छैन । मैले मातृभूमि जागरण अभियानको माध्यमबाट जनताको बीचमा जाने, कार्यकर्ताको बीचमा जाने आम बुद्धिजीविहरुको बीचमा जाने, उहाँहरुको सुझाव सुन्ने, देशलाई के आवस्यकता छ, अझै सामूहिक बल बुद्धिबाट संकलन गर्ने त्यसपछि वैकल्पिक शक्ति निर्माण आवस्यक भयो भने त्योपनि गर्ने । आवस्यक भयो भने किन नगर्ने त?’

    दुर्गा प्रसाईँले भ्रष्टाचारको विरोध र देशको हितमा काम गरेको खण्डमा उनीसँग पनि सहकार्य हुने नेता रावलले भने । देशको अर्थतन्त्र, राजनीति, सुरक्षा, वैदेशिक सम्बन्ध सबैमा देशको हित सर्वोपरी राख्नेहरुसँग आफ्नो सहकार्य हुने रावलको भनाइ छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend