Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन एमालेले नचाहेको : अध्यक्ष दाहाल


२४, पुस २०८१
  • 147
    SHARES
  • शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन एमालेले नचाहेको : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही राजनीतिक दलहरुले संक्रमणकालीन न्यायलाई माओवादी र त्यसको नेतृत्वलाई तह लगाउने अस्त्र ठानेको बताएका छन् ।

    बुधबार वेपत्ता योद्धा राजेन्द्र ढकालको २६औं स्मरण दिवसको सन्दर्भमा आयोजित ‘शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन नदिने कुरा केही राजनीतिक दलको विजनेस नै बनेको बताएका हुन् ।

    नेकपा (एमाले) र अहिले प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले केही मान्छेहरुले माओवादीलाई सकाएरमात्रै शान्ति प्रक्रियाका बाँकी काम गरौंला भनिरहेको बताए । ‘एउटा प्रवृत्ति नहोस् भन्ने छ, अझ कोही–कोहीको त विजनेस भइरहेको छ ।

    किन टुङ्गिन परेको छ हामीलाई भन्ने प्रवृत्ति छ । एउटा राजनीतिक प्रवृत्ति अझ गम्भीर के छ भने माओवादीलाई तह लगाउने अब अन्तिम यही छ, किन टुङ्ग्याउनुपरेको छ र रु माओवादी सिध्याएरमात्रै के गर्नुपर्छ अनि गरौंला भन्ने सोचका मान्छे र प्रवृत्ति पनि छन् । यो कुरा आवेग पनि होईन, सेन्टिमेन्ट पनि होईन । एउटा राजनीतिक प्रवृत्ति त्यस्तो छ ।

    टुङ्गिन लागेको बेला रोक्छ त्यसले । माओवादी नेतृत्वलाई तह लगाउने, ठीक गर्ने र टुङ्ग्याउन हुँदैन भन्ने प्रवृत्ति छ । अग्नि खरेल ले जति राख्नु भयो, उहाँको सोच र इमानदारिता, उहाँले भन्न खोजेको कुराप्रति मेरो कुनै गुनासो छैन । तर, अग्निजीको एमालेमा चल्दैन । यो अर्को सत्य हो,’– उनले भने ।

    उनले आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता, क्रान्ति विद्रोह र जनयुद्धको नेतृत्वकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुङ्गियोस् भन्ने चाहना रहेको बताए । प्रचण्डले यस विषय पछाडिको संवेदनशीलता, तीब्रता बुझ्न सक्नुपर्ने बताए । आफूले यस विषयलाई लम्ब्याउनुपर्ने, लम्बिदिए हुन्थ्यो भन्नुपर्ने कुनै आधार, कारण र तर्क केहीपनि नरहेको बताए । आफूले पीडितहरुसँग बालुवाटारमा पटक–पकट पीडितलाई बोलाएर कुरा सुनेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले आफ्नो कारणले पीडित र उनीहरुका परिवार कन्भिन्स पनि भएको बताए ।

    शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयनका लागि गठित समितिले सिफारिस गर्न नसकी भंग भएको विषयलाई जोड्दै अध्यक्ष प्रचण्डले भने,‘अब त भयो भनेको फेरिपनि भएन । त्यो सिफारिस समिति पनि मेरै प्रस्तावमा बनेको सिफारिस समिति हो । तर, त्यहाँ धेरै चिजहरु भए । मैले अहिले ती सबै पोका फुकाउन आवस्यक पनि छैन ।’

    साथै, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउन पीडितहरु सडकमा आउनुपर्ने हुनपनि सक्ने प्रचण्डको भनाइ छ । उनले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैंमा राजनीतिक समझदारीका दस्तावेज रहेको बताउँदै ती सबै सम्झौताहरु संविधानको अंगको रुपमा मानिएको स्मरण गराए । छ । अहिले राजनीतिक कारणले नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कठिन भएको प्रचण्डको निष्कर्ष छ । यसमा कन्फ्यूजन हुनुपर्ने कारण केहीपनि नरहेको उनले बताए ।

    ‘पीडितहरुले पटक–पटक यो विषय उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, अन्तिममा त सडक नै हुने हो कि भनेजस्तो मलाई लाग्न थालेको छ । त्यसले पनि केही न केही वातावरण बनाउन मद्धत गरेकै छ, गर्छ । तर, यहाँ विषय कानुनीभन्दा पनि बढी राजनीतिक नै छ,’– उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend