Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दुई तिहाईको सरकारले अध्ययादेश होईन, संसदबाट बिधेयक ल्याउनुपर्छ : एनपी साउद


२८, पुस २०८१
  • 160
    SHARES
  • दुई तिहाईको सरकारले अध्ययादेश होईन, संसदबाट बिधेयक ल्याउनुपर्छ :  एनपी साउद

    बुटवल । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुई तिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानुन बनाउनु सकारत्मक पक्ष नभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले जिकिर गरेका छन् ।

    बहुमत हुँदापनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फि प्रश्न उठेको बताउँदै नेता साउदले अनिवार्य संसद सञ्चालन गरि बिधेयक मार्फत आउन चेतवानी दिए ।

    रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायीत्व दिन नसक्ने ठोकुवा गरे । उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा बिपक्षि दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे ।

    पूर्वमन्त्री समेत रहेका साउदले भने, ‘संसदलाई लामो समयसम्म बन्धक बनाउँदै अध्ययादेशमार्फत अहिलेको सरकारले बिभिन्न ऐनहरु निर्माण बनाईरहेको छ, जुन संविधानसंवत छैन् ।यसको विषयमा चौतर्फि बिरोध भईरहेका छन् । यसले राम्रो सन्देश गईरहेको छैन् । ’

    उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेस पार्टिले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे । उनले दुई दल बिचको न्युनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै पूर्ण पालना गर्न सुझाब दिए ।

    पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ,’ उनले भने ।

    उनले संविधान संसोधन सम्बन्धी सञ्चारकर्मिको प्रश्नमा अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संसोधन गर्ने बेला आएको जवाफ दिए । उनले स्थीरताको तत्व संविधानमा जोडिनुपर्ने बताउँदै संविधानमा स्थायीत्वको तत्व समावेश हुन सक्दैन् भने संवैधानिक प्रवन्ध उचित नहुने तर्क गरे ।

    उनले भने, ‘हरेक १० वर्षमा संविधानका कुराहरु परिवर्तन गर्नु आवश्यक छ । संविधान संसोधन परिमार्जनको कुरा सर्वस्वीकृत बनाउनु पर्छ । राज्य व्यवस्थालाई जनताको स्पष्ठ पहुँच भएको संयन्त्रको रुपमा अगाडी बढाउनु पर्छ । यो अभिष्ट(उदेश्य) नेपाली कांग्रेसको हो ।’

    ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामुकमार क्षेत्रीको अध्यक्षता तथा आचार्य प्रदिपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतकमा नियुक्त जमुना ढकाललाई सम्मान समेत गरिएको थियो । ढकाललाई नेता साउद सहितका नेताले सम्मान गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. डिला शंग्रौला, अब्दुल सतार, चम्पा खड्का, गंगा शाही, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका निवार्तमान सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेस रुपन्देही कोषाध्यक्ष हरि प्रसाद अर्याल लगायतको उपस्थीति रहेको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend