काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिए ।
हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।