Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घर जग्गाको कारोबारले लय समाउँदै 


५, माघ २०८१
  • 131
    SHARES
  • घर जग्गाको कारोबारले लय समाउँदै 

    काठमाडौं । घर जग्गाको कारोबार लयमात्र्द गएको छ । कारोबारमा वृद्धिहुँदै गई आफुनो लगमा फर्किन थालेको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको पाइएको हो । 
    गत मङ्सिर महिनामा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजश्व संकलन भएको छ। यसले गर्दा लगानीकर्तामा केहि आसा पलाएको छ ।  

    विभागका अनुसार सो महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार ६६५ रुपैयाँ सङ्कलन भएको छ। यस्तै, रजिष्टे«शन दस्तुरबाट २ अर्ब ६८ करोड ७८ लाख २६ हजार १४५ रुपैयाँ, पूँजीगत लाभकरबाट १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ प्राप्त भएको छ।

    काठमाडौँ उपत्यका भित्रका विभिन्न ९ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ। सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार ७३२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ। यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ।

    यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले २ लाख ८९ हजार ८४ रुपैयाँ, मालपोत कार्याल भक्तपुरले २९ करोड ७६ लाख १३ हजार २७१ रुपैयाँ, मालपोत कार्यालय डिल्लीबजारले २१ करोड ९० लाख ९९ हजार ६८५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

    त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार ३६७ रुपैयाँ, कलङ्की मालपोतले २१ करोड ९३ लाख ७१ हजार ७९२ रुपैयाँ, मालपोत कार्याल साङ्खुले १० करोड ३२ लाख ५९ हजार ६२२ रुपैयाँ, मनमैजुले ६ करोड ६८ लाख २९ हजार ५६१ रुपैयाँ, मालपोत कार्यालय टोखाले ६ करोड ७७ लाख ३४ हजार ६९७ रुपैयाँबराबरको राजश्व सङ्कलन गरेको छ।

    यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख ३ हजार ४८१ रुपैयाँ, मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार २५७ रुपैयाँ राजश्व सङ्कलन गरेको छ।

    गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो। यो भनेको केहि सकारात्मक संकोत पक्कै हो । हामी आसावादी हुनुपर्छ । 

  • अब एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट, दसैंअघि सर्वसाधारणलाई राहत

    काठमाडौं । दसैंलगायतका चाडपर्व नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले एटीएमबाटै

  • सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend