Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

Nepali congress

क्रियाशील सदस्यता चैतसम्म टुग्यांउन कांग्रेसमा दवाव 


६, माघ २०८१
  • 191
    SHARES
  • क्रियाशील सदस्यता चैतसम्म टुग्यांउन कांग्रेसमा दवाव 

    काठमाडौं, ६ माघ । सत्तारुढ दल नेपाली कांग्रेसभित्र  क्रियाशील सदस्यता विवाद लामो समयदेखि समाधान हुन सकेको छैन । यो विवादलाई पार्टीले चैतसम्ममा टुंगो लगाउने लक्ष्य लिएको छ । २०६७ सालदेखि नै क्रियाशील सदस्यताको विवाद मिल्न सकेको छैन । २०६७ असोजमा भएको १२औं महाधिवेशनमा निस्केको विवादका कारण पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन भएको थियो । त्यसबखत सुशील कोइराला सभापति चयन भएका थिए ।


    त्यसपश्चात् २०७२ फागुनमा १३औँ महाधिवेशन भएर पार्टी सभापति शेरबहादुर देउवा चयन भए । त्यसबेला पनि समाधान नभएको क्रियाशील सदस्यता विवाद पार्टीको १४ औँ महाधिवेशन सकिएर दोस्रो पटक सभापति शेरबहादुर देउवाको कार्यकाल आधाभन्दा बढी भएपनि अहिलेसम्म हल हुन सकेको छैन । अहिले नेतृत्वले महाधिवेशनको तयारी गरिरहँदा क्रियाशील जस्तो महत्त्वपूर्ण विषयमा देखिएको विवाद हल गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

     २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए। यतिबेला कांग्रेसभित्र १५औँ महाधिवेशन केन्द्रित बहस र छलफल हुन  थालिसकेको छ । घोषित तथा अघोषित रूपमा महाधिवेशनबाट नेतृत्वमा पुग्न चाहने नेताहरु दौडमा लागेका छन् । यहीबिचमा महाधिवेशनको प्रस्थानविन्दु मानिने सदस्यतासम्बन्धी विवाद निवारणका लागि भन्दै कांग्रेसले २०८१ चैत २९ गतेलाई सिमानै तोकेर तल्ला तहलाई पत्राचार गरेको छ कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था छ । 


    पार्टीमा महामन्त्री गगन थापा नेतृत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति रहेको छ । जसको सदस्यमा प्रकाश स्नेही रसाइली‚ सीता गुरुङ तथा योगेन्द्र चौधरी रहेका छन् ।

    समितिले ७७ जिल्ला कार्यसमितिका सभापतिलाई बिहीबार परिपत्र गर्दै चैत २९ गते अपराह्न ३ बजेभित्र क्रियाशील सदस्यता नवीकरण विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन जारी गरिएको छ ।

    कांग्रेस महामन्त्री गगनकुमार थापाले हस्ताक्षर गरेर पठाइएको परिपत्रमा क्रियाशील विवरण मात्र नभई अनिवार्य शुल्क समेत उठाएर केन्द्रीय बैंकको भौचरमा डिपोजिट गर्न भनिएको छ । समिति सदस्य प्रकाश स्नेही पार्टीले पहिले क्रियाशील सदस्यता नवीकरण सक्ने र त्यसपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको बताए । 

    उनले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्न जातजाति, जनसङ्ख्या, लिङ्ग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने तयारीमा पार्टी रहेको जानकारी दिए।


    कांग्रेसले एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाका हकमा जिल्ला सभापतिलाई माघ १२ गते अपराह्न ५ बजेसम्म अनिवार्य रूपमा फारम पठाइसक्न निर्देशन दिएको छ । यस्तै‚ एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिलाई माघ १३ गते अपराह्न ५ बजेसम्म प्रदेश सभा क्षेत्रीय सभापतिलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता फारम र नामावली बुझाइसक्न परिपत्रमा उल्लेख गरेको छ ।

    परिपत्र अनुसार प्रदेश सभा क्षेत्रीय सभापतिले गाउँ तथा नगरका सभापतिलाई क्रियाशील नवीकरण फारम र सम्बन्धित गाउँ–नगरभित्रका क्रियाशीलको नामावली माघ १४ गते अपराह्न ५ बजेसम्म बुझाइसक्नुपर्ने छ ।  यस्तै गाउँ नगरका सभापतिले आफूले प्राप्त गरेको क्रियाशील सदस्यता नवीकरण फारम र सम्बन्धित वडाका क्रियाशील सदस्यको नामावली माघ १५ गते अपराह्न ५ बजेभित्र अनिवार्य रूपमा वडा कार्यसमितिका सभापतिलाई बुझाइसक्नुपर्ने छ । 

    परिपत्रमै कांग्रेसले फारम पाएपश्चात् तहगत समितिले विवरण शुल्क सहित फिर्ता गर्नुपर्ने समयको सीमा पनि तोकेको छ । जसमा वडा सभापतिले क्रियाशील सदस्यता फारम पाएपछि माघ १५ गतेदेखि फागुन १ गतेभित्रमा वडा कार्यसमिति बैठक राखेर क्रियाशील सदस्यता नवीकरण गर्ने र नवीकरण शुल्क दुई सयका दरले लिने उल्लेख छ । यस्तै क्रियाशीलका विवरण र शुल्क गाउँ तथा नगरमा बुझाउने उल्लेख छ ।

    यस्तै वडाबाट आएको क्रियाशील नवीकरण फारम र शुल्क फागुन १० भित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने तथा गाउँ तथा नगरबाट प्राप्त क्रियाशील सदस्यको नवीकरण फारम र सदस्यता शुल्क फागुन २० गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने समय सीमा तोकिएको छ ।

    समितिका अनुसार प्रदेश सभा क्षेत्रबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र सदस्यता शुल्क फागुन मसान्तभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने‚ एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील र सदस्यता शुल्क चैत १५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउने समय सीमामा उल्लेख छ ।

    यसबाहेक नवीकरण भएका क्रियाशील सदस्यको नामावली विवरण र वडागत सङ्ख्यासहित सदस्यता शुल्क कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरी भौचर चैत २९ गते अपराह्न ३ बजेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउने उल्लेख छ ।

    ‘नवीकरण रकम, नामावली र वडागत सङ्ख्या विवरण केन्द्रमा प्राप्त भएपछि मात्र पार्टीको वेबसाइटमा नवीकरण डाटा इन्ट्री गर्नका लागि युजरनेम र पासवर्ड उपलब्ध गराइनेछ‚’ परिपत्रमा उल्लेख छ । 

    स्मरण रहोस् कांग्रेसमा क्रियाशील सदस्यता नभएको व्यक्ति वडा देखि केन्द्रसम्मका पार्टी नेतृत्वमा जान नपाउने व्यवस्था  छ । यसले पाटीृलाई गतिशिल बनाउने छ । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend