Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अध्यादेश विरुद्ध सदनबाट देश र जनताको नाममा अपिल गछौंः प्रचण्ड


१०, माघ २०८१
  • 127
    SHARES
  • अध्यादेश विरुद्ध सदनबाट देश र जनताको नाममा अपिल  गछौंः प्रचण्ड

     काठमाडौं, १० माघ ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएका छन् । उनले यसका विरुद्ध सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् ।

    बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप समेत लगाए ।

    विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन बाध्य भएको उनको भनाइ छ । ‘ओलीजीले अध्यादेशबाटै शासन गर्न खोजेपछि हामी विपक्षहरूले अभिलम्ब सदन नबोलाए विशेष अधिवेशन बोलाउँछौं भनेपछि सरकारले १८ गते अधिवेशन राख्ने भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी सदनमा सरकारका गलत कामप्रति जोडतोड प्रस्तुत हुन्छौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले देश र जनताको नाममा मैले अपिल गर्छु ।’

    अहिलेको सरकारले भ्रष्ट्राचारी र आना मान्छे बचाउने, राम्रो काम गर्ने संस्था र व्यक्तिमाथि आक्रमण गर्ने काम गरेको समेत प्रचण्डको आरोप छ । ‘यी सबैको समीक्षा आगामी अधिवेशनमा मैले गर्ने वाला नै छु’, उनले भने ।


    संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने उनको दाबी थियो । तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले बताए । ‘नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढङ्गले सरकारको जन्म भयो त्यो लामो आयुको छैन,’ उनले भने, ‘तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन ।’


  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend